बिहिबार , जेठ ९, २०८२
नारायणगढ–बुटवल सडक : प्रगति १८ प्रतिशत मात्रै – News Nepal Media
Trend

राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छन् । तर सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ ।

विसं २०७९ साउन २२ गतेभित्र सडक विस्तारको काम सकाएर सरकारलाई हस्तान्तरण गर्नेगरी २०७५ माघ २४ गते सम्झौता भएको थियो । बायालिस महिनाभित्र निर्माण सक्ने गरी सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’ले करिब दुई महिना ढिलागरी सडक विस्तार थालेको थियो । विभिन्न अवरोध र कोभिड–१९ का कारण काममा ढिलाइ भएको हो ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जिनीयर रमेशकुमार दिष्टी पछिल्लो समय सडक विस्तारको कामले गति लिएको बताउनुहुन्छ । “रुख कटानमा अवरोध भयो, बिजुलीको खम्बा पनि समयमै फेर्न सकिएन”, उहाँले भन्नुभयो । उक्त सडकखण्ड सहरी क्षेत्रमा ६ लेन तथा अन्यत्र चार लेनमा विस्तार हुँदैछ । निर्धारित समयमै काम नसकिने दिष्टीको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत ११४ किमी लामो नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ६५ किमी सडक पर्छ । सडकको बीच भागमा बिरुवा रोपण गरिने आयोजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमी सडक तीन लेनको मात्रै हुनेछ । पूर्वी खण्डमा सडक विस्तारसँगै १२ ठूला तथा २२ साना पक्की पुल निर्माण हुँदैछन् । “ठूला ११ र साना नौ पुल निर्माण सम्पन्न भएका छन्”, योजना प्रमुख दिष्टीले भन्नुभयो ।

सडक विस्तार गर्न पूर्वी खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म मापदण्डभित्र पर्ने ३६ हजार २६७ रुख कटान गरिएको छ । केही स्थानमा मात्रै रुख कटानको काम बाँकी रहेको उहाँले बताउनुभयो । विस्तारसँगै गैँडाकोटको पितौजीदेखि देवचुलीको प्रगतिनगरसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा विस्तार सुरु भएको उक्त सडक निर्माणको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी)ले ऋणस्वरुप उपलब्ध गराएको प्रमुख दिष्टीले जानकारी दिनुभयो । गैँडाकोट–दाउन्ने सडकखण्ड (६५ किमी) को लागत रु नौ अर्ब १३ करोड १९ लाख तथा दाउन्ने–बुटवल खण्ड (४९ किमी) को लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP