बिहिबार , असार २६, २०८२
समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी सम्मानित – News Nepal Media
Trend

पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमा काम सम्पन्न गरेको भन्दै राउत कन्ट्रक्सनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो ।

पौवादुङमा गाउँपालिकाको मुख्य सडकका रुपमा रहेको तिवारीभञ्ज्याङ–च्याङ्ग्रे–मानेडाँडा अँधेरीघाट ३५ किलोमिटर सडकमध्ये १३ किमी स्तरोन्नतिको काम तोकिएका समयमा सम्पन्न गरेकाले राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्न थप ऊर्जा मिल्नेछ ।”

सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जिनीयरले नियमित अनुगमन तथा आवश्यक सहयोग पु¥याइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराइले बताउनुभयो । पालिकाको सम्मानले आफूलाई काम गर्ने थप ऊर्जा मिलेको राउत कन्ट्रक्सनका सञ्चालक राउतले बताउनुभयो । स्थानीयवासी, गाउँपालिकाका कर्मचारीलगायतको सहयोगमा समयमै काम सम्पन्न गर्न सफल भएको उहाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP