पछिल्लो समय यता मिटरब्याजी पिडितको समस्या बढ्दै गएको छ। केहि दिन यता बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । जसमा उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको छ।
यस्तै सोहि उजुरी मध्ये दुई मुद्दा मिलापत्र भएको र दुई मुद्दा प्रहरीमा पठाएको जनाइएको छ। बाँके जिल्ला प्रशासन कार्यालयको अनुसार एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको छ।
जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए। उहाँको अनुसार सोहि जिल्लामा नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको छ।