बुधबार , बैसाख १०, २०८२
सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर – News Nepal Media
Trend

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहालीपछि पहिलो निर्णयका रुपमा उहाँले आर्थिक वर्ष २०७९÷८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गर्नुभएको प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अछाम चौरपाटी गाउँपालिका–४ (साविक पायल गाविस–५) मा २०२३ साल भदौ ६ गते जन्मनुभएका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।

उहाँ यसअघि राष्ट्रियसभाको सदस्यका रुपमा संसद्मा क्रियाशील हुनुभएको थियो । उहाँको चारवर्षे कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभातर्फका प्रमुख सचेतकसमेत हुनुहुन्थ्यो । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उहाँ अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP