देशभर मनसुनी वायुको प्रभाव ः हल्कादेखि मध्यम वर्षाको सम्भावना – News Nepal Media
Trend

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, प्रदेश नं १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु


TOP