उपचारकै क्रममा मलेसियामा सन्तलालको मृत्यु

१६ श्रावन २०७८, शनिवार
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका घर भई मलेसियामा कार्यरत २४ वर्षका सन्तलाल गोलेको उपचारको क्रममा मृत्यु भएको हो ।

मलेसियाको ग्राण्डस्टाण्ड आईकनमा कार्यरत गोले केहि समय देखि विरामि परेका थिए । कम्पनीले उपचारको लागि करीब दुई महिना देखि क्वालालम्पुर अस्पतालमा भर्ना गरेर उपचार गराईरहेकोमा शुक्रवार उनको मृत्यु भएको हो ।

गोले चार वर्ष अगाडि कावेली मेनपावर मार्फत रोजगारीको लागि मलेसिया आएका थिए । उनमा ब्लड क्यान्सरको समस्या देखिएको कम्पनी स्रोतले जानकारी दिएको छ । दिनेश खड्का खप्तडि/क्वालालम्पुर

31 जुलाई शनिबारको लागि त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलले निकालेको उडान तालिका हेर्नुहोस

नोट : त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले हरेक दिन हुने उडान हरुको तालिका निकाल्ने गर्दछ आफ्नो वेबसाइट मा त्यहि सूचिको आधारमा हामीले यो न्युज तयार पारेका हौ बिमानस्थल ले निकाल्ने तालिका हेर्न यहा क्लिक गर्नुहोला

राजु सुवेदी कल्पित,न्युज नेपाल/ आज जुलाइ एकतिस शनिबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।

आज नपाल एयरलाइन्स को जहाज काठमाडौं बाट राति दस बजे दोहा उड्नेछ छ त्यसैगरी कतार एयरवेज ले नै आज दोहा देखि काठमाडौं बिहान नौ : दश बजे आउनेछ भने बिहान एघार पाच बजे काठमाडौंबात दोहा फर्किने छ । यसैगरी हिमालय एयरलाइन्स ले पनि कतार को उडान भर्नेछ राति नौ बजे काठमाडौंबात दोहा उड्नेछ ।

विमानस्थल ले निकालेको तालिका अनुसार आज मलेसियाको लागि तिन ओटा एयरलाइन्स अरुले उडान भर्नेछन नेपाल एयरलाइन्स बेलुकी सात पचासमा क्वालालम्पुर बाट काठमाडौं आउनेछ भने हिमालयएयरलाइन्सले बिहान १०;१० मा क्वालालम्पुर उद्नेछा भने बेलुकी ८;30 मा काठमाडौं फर्किनेछ . आज नै मलेसियन एयरलाइन्सले पनि उडान भर्नेछ १२;०५ मा काठमाडौं उत्रेको जहाज दिउसो एक बजे क्वालालम्पुर फर्किनेछ ।

त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि दुइ उडान भर्नेछ बिहान ८:५५ मा दमाम गएको बिमान बेलुकी ७:५० मा फर्किनेछ भने अर्को उडान बिहान १०:१५ मा दमाम गएको बिमान राति ९:१० मा फर्किनेछ त्यसैगरी आज स्तानुबुल देखि काठमाडौं को उडान भर्नेछ टर्किस एयरलाइन्सले ।

जजिरा एयरलाइन्सले कुबेत को उडान भर्नेछ भने आज नै सलाम एयरले ओमान को उडान भर्नेछ र तालिका अनुसार स्पाइस जेट ले दिल्लीको उडान भर्नेछ भने हिमालयएयरलाइन्सको एउटा बिमान ले दुबई को उडान भर्नेछ राति एघार तिस मा ।

बिस्तृत विवरण तालिकामा हेर्नुहस ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय