शुक्रबार , जेठ १०, २०८२
नवलपुरमा बस दुर्घटना ८ जना घाइते – News Nepal Media
Trend

नवलपरासी । नवलपुरको गैडाकोट ९ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा अवरुद्ध सडकमा यात्रु वाहक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

गएराति पौने १ बजेतिर ओरालोमा लु १ ख ८५१३ नम्बरको यात्रु वाहक बसले अचानक ब्रेक लगाउँन खोज्दा बस दुर्घटना भएको हो ।

अचानक ब्रेक लगाउँदा बस भि रहेका यात्रुहरु हुत्तिएर ठोकिन गई ८ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
घाइतेहरुको विवरणः

१. जि.न.प. (पश्चिम) सरावल गा।पा।(२ बस्ने बर्ष ४० कि कुन्ती देवी चौधरीको निधारमा चोट, अवस्था सामान्य ।
२. ऐ. बस्ने बर्ष ७० कि चम्पा थारुको च्यापुमा चोट, अवस्था सामान्य ।
३. ऐ. बस्ने बर्ष ५७ को देवकी चौधरीको दाहिने घुँडामा सामान्य चोट ।
४. ऐ. बस्ने बर्ष ७५ कि कलेसि थारुको निधारमा सामान्य चोट ।
५. ऐ. बस्ने बर्ष ६५ कि गर्भी देवी थरुनीको निधारमा सामान्य चोट ।
६. ऐ. बस्ने बर्ष ६७ को भेषनारायण थारुको निधारमा चोट, अवस्था सामान्य ।
७. ऐ. बस्ने बर्ष ५६ कि कान्ती देवी थरुनीको घुँडामा सामान्य चोट ।
८. ऐ. बर्दघाट न.पा. १२ बस्ने बर्ष ४३ कि सन्जी देवी थरुनीको नाकमा चोट, अवस्था सामान्य ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP