शुक्रबार , साउन ३, २०८२
भिरबाट लडेर एक मजदुरको मृत्यु – News Nepal Media
Trend

दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिनुभयो । तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो । हाल शवपरीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागार्इं स्मृति अस्पतलामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी


TOP