तिन दिने यात्रा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आर्यावलोकितेश्वर भनिने सेतो मन्छिन्द्रनाथको रथयात्राको तयारी पूरा भएपछी यात्रा सुरु भएको हो।
बुधबार साँझ ५ बजे जमलको तीनधाराबाट रथ तानेर शहरका विभिन्न स्थानमा यात्रा गराइने रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।
रथलाई काठमाडौं तीनधारा पाठशालाबाट तानेर असन सम्म पुरयाइने कार्यक्रम छ । असनको जात्रा उपराष्ट्रपति परमानन्द झाले अवलोकन गर्नु हुने कार्यक्रम छ । रथलाई काठमाडौंको भित्री शहरमा परिक्रमा गरेर लगन टोल पुर्याएपछि यसवर्षको रथयात्रा सकिनेछ ।