शुक्रबार , जेठ १०, २०८२
आमसञ्चारबारे मानिसलाई बुझाउन विज्ञको सुझाव – News Nepal Media
Trend

सञ्चार र पत्रकारिताका विज्ञहरुले आम जनतामा सञ्चार साक्षरता वृद्धि भएमा सञ्चार माध्यमबाट प्रवाह हुने समाचार सही र गलतबीचको विभेद छुट्याउन सहज हुने आँैल्याएका छन् ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिले आज आयोजना गरेको ‘मिडिया लिटेरेसी’ विषयक सङगोष्ठीमा पत्रकारमा पनि जनताबाट आउने प्रतिक्र्रिया र बुझाइलाई आत्मसात गर्न सक्ने हुनुपर्ने बताइएको हो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष गोविन्द आचार्य र काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख डा सुधाम्शु दाहालले कार्यपत्र प्रस्तुत गर्दै मिडियामा भएका परिवर्तन र डिजिटल युगका कारणले मिडिया लिटेरेसीमा पनि परिवर्तन भएकाले जनताले सञ्चारमा विगतको तुलनामा धेरै जान्ने बुभ्ने भइसकेको स्थिति सकारात्मक भएको बताउनुभयो ।

महासङ्घका अर्का पूर्व अध्या डा सुरेश आचार्यले ठूला भनिएका मिडियाबाट बेला बेलामा स्वार्थवश वा गलत स्रोतका कारण गलत सूचना सम्प्रोण गरेको उदाहरण प्रस्तुत गर्दै त्यस्ता कमजोरीमा स्रोत र पाठकको खबरदारी महत्वपूर्ण हुने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक डा कुन्दन अर्यालले पत्रकार आचारसंहितालाई बढीभन्दा बढी जनताबीचमा लान सकिएमा उनीहरुले सञ्चारमाध्यमबारे आफैले विश्लेषण गरेर बुझ्ने सक्ने अवस्था आउने बताउनुभयो ।

समितिका संयोजक हरिगोविन्द लुइँटेलको अध्यातामा भएको कार्यक्रममा युनेस्को आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले युनेस्कोका आयाममध्ये सञ्चार र प्रेस स्वतन्त्रता पनि एक मुख्य आयाम भएमाले सञ्चारबारेको बुझाइलाई व्यापकता बनाउन आवश्यक रहेको बताउनुभयो ।

छलफलमा पत्रकारहरु अखण्ड भण्डारी, शेषकान्त पण्डित, माधव तिवारी, रुपेश आचार्य, जन्दमेव जैसीलगायतले भाग लिँदै मिडिया लिटेरेसीको व्यापकता र विस्तारमा नीतिगत तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP