बाढी र डुबानका कारण विद्यालय बन्द – News Nepal Media
Trend

लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ ।

दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुनसक्ने सम्भावित जोखिम हुन नदिनका लागि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।

त्यसैगरी देवानगञ्ज गाउँपालिकाले समेत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुरागाइँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा

आजका लागि विदेशी मुद्राको विनिमय दर


TOP