कामपाका जनप्रतिनिधिद्वारा पदबहाली गर्दै – News Nepal Media
Trend

काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित हुनुभएको छ ।

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोल विजय हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP