आइतबार , जेठ १२, २०८२
निःशुल्क फलफूल र बहुउपयोगी बिरुवा वितरण – News Nepal Media
Trend

भू तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयले यहाँका किसानलाई निःशुल्क फलफूल र बहुउपयोगी अन्य बिरुवा वितरण गर्न थालेको छ । ती कार्यालयले जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि किसानलाई बिरुवा वितरण गर्दै आएको हो ।

जलाधार व्यवस्थापन कार्यालयले आफ्नो नर्सरीमा उत्पादन गरेका र किसानको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका विभिन्न प्रजाजिका ४० हजार बहुउपयोगी विरुवा वितरण गर्न लागेको छ । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत पुष्पराज जोशीका अनुसार जिल्ला बाहिरबाट ल्याइएका तथा कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा डोटीसहित यहाँका अन्य जिल्ला अछाम र बाजुरामा पनि वितरण गरिने भएको छ ।

निःशुल्क वितरण गर्न सुरु गरिएका बिरुवामा कागती, लिची, आँप, धुपी, बकाइनो, कल्की, किम्बू, कोइरालो, अम्बा, मेवा, मसला, भुजेत्रोलगायत फलफूल र घासेवालीहरु रहेका छन् ।
यसैगरी वन कार्यालयले पनि विभिन्न प्रजातिका बिरुवासँगै फलफूलका बिरुवा वितरण गर्न सुरु गरेको उक्त कार्यालयका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक कार्यालयले सुन्तलाका छ हजार, कागतीका तीन हजार २००, भोगटेका तीन हजार, लिचीका ५००, अम्वाका दुई हजार र रुख कटरका एक हजार बिरुवा वितरण गर्ने भएको छ । उक्त कार्यालयले यहाँका नौवटै स्थानीय तहमा १५ हजार ७०० फलफूलका विरुवा वितरण गर्ने कार्ययोजना अनुसार ती बिरुवा बितरण गर्न सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP