बुधबार , बैसाख १०, २०८२
बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा – News Nepal Media
Trend

बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

“रातभरि डाइभर्सन निर्माणको काम ग¥यौँ”, उहाँले भन्नुभयो, “बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको
छ ।” मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।

डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP