आइतबार , जेठ १९, २०८२
एसईई परिक्षाको शुल्क नतिरेको भन्दै प्रवेशपत्र रोकियो: आमाले तिलहरी राखिन धितो – News Nepal Media
Trend

बाँकेमा एक विद्यालयले एसईई परिक्षा शुल्क नतिरेको भन्दै प्रवेशपत्र नदिएपछि आमाले आफ्नो तिलहरी धितो राखी छोइरालाई परिक्षा दिन पठाएकी छन्।

कोहलपुर–२, गौरीनगरकी कस्तुरी बुढाले आफ्नो छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। पढाइको शुल्क तिर्न नसकेपछि उनले उक्त तिलहरी धितो राखेर प्रवेशपत्र झिकेको बताइएको छ।

बाँकेको बैजनाथ गाउँपालिका– ४ तिलकपुरस्थित समावेशी माध्यमिक विद्यालयले परीक्षाका लागि प्रवेशपत्र नदिएपछि कोहलपुर– २ बस्ने कस्तुरी बुढाले नजिकैको सुन पसलमा गहना धरौटीमा राखेर कम ल्याएकी थिइन् ।

विद्यालयमा ५ सय ५० विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयले शुल्क नभनी विद्यार्थीबाट मासिक सहयोगका नाममा रकम लिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP