भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध – News Nepal Media
Trend

भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं ३ मा सुनिता अवाल (प्रजापति), वडा नं ५ मा कृष्णप्यारी भुजू, वडा नं ६ मा रोशनमैयाँ सुवाल, वडा नं ७ मा रञ्जना त्वाती र वडा नं ९ मा छोरीमैयाँ सुजखु प्रजापति निर्विरोध निर्वाचित हुनुभएको हो । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन् । सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढङ्गले काम गर्ने बताउनुभयो ।

नगरपालिकाले सस्तो लोकप्रियताका लागि नभई भक्तपुर नगर र नगरवासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढङ्गले काम गर्दै आइरहेको बताउँदै उहाँले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एकएक गरी पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक हुने ढङ्गले काम अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP