बुधबार , बैसाख १०, २०८२
तम्घासको सडक स्तरोन्नति गर्ने काम अधुरै – News Nepal Media
Trend

गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो ।

लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुदै सडक भत्किएको छ । भत्किएको सडकको दीगो व्यवस्थापनका लागि गत आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन पनि भयो । समयमै काम नहुँदा तम्घासको सडक स्तरोन्नति गर्ने काम अधुरै भएको छ । समयमै काम भएको भए असार मसान्तसम्म तम्घासको सडक चिटिक्क देखिन्थ्यो । काम सकिने बेला निर्माण व्यवसायीले बल्ल काम सुरु गरेका छन् ।

गत आर्थिक वर्ष २०७८÷७९ मा सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत काम हुनेगरी बजेट विनियोजन भएको थियो । तम्घास बजारका खाल्डाखुल्डी पुर्ने र सडकको स्तरोन्नति गर्ने भनी अघिल्लो सरकारले रु ५० लाख विनियोजन गरेको थियो । सरकार परिवर्तनसँगै पछिल्लो सरकारले रु पाँच लाख कटौती गरी रु ४५ लाख मात्र विनियोजन ग¥यो । पछि रामकुमारी झाँक्री सहरी विकासमन्त्री हुँदा उक्त बजेटलाई रु पाँच करोड पु¥याइएको थियो । गत वैशाखमा ठेक्का प्रक्रियामार्फत काठमाडौँको आर ए विल्डर्सले भ्याटबाहेक रु तीन करोड ९१ लाख ५१ हजार ७४ मा सम्झौता ग¥यो ।

उक्त रकमबाट भगवती मन्दिरदेखि बेरियलसम्मको सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने, कोष तथा लेखा नियन्त्रकको कार्यालय जाने बाटो तथा सोही कार्यालय हुँदै रेसुङ्गा मावि जाने दुई सय ५० मिटर सडक नालीसहित कालोपत्र गर्ने सम्झौतामा उल्लेख छ ।

त्यसैगरी सडकमा ट्राफिक चिह्न राख्ने, ट्राफिक नियमसहितका रङ लगाउनेलगायतका कार्य गर्ने सम्झौतामा उल्लेख रहेको कार्यालयका सव–इञ्जिनीयर नारायण बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP