
लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं : लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीमध्ये १०% अर्थात् ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानियबासिन्दा र २०% अर्थात् १४ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
यसैबीच इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आइपीओ निष्कासन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल उक्त कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रहेको छ । आइपीओ निष्कासनपश्चात यसको पुँजी ७० करोड पुग्नेछ । नेपाली पैसा बाट
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL