उनको काम कोरियाको बारबाट सुरु भयो।साढे २ वर्षसम्म उतै बसे। त्यहाँ काम सिकाए अनुसार सिक्दै गए, नयाँ कुराहरू जान्दै गए। सँगै जिज्ञासा पनि बढ्दै गयो। जिज्ञासु र मेहेनति ज्ञानेन्द्र कोरियन खानाहरू बनाउन सिपालु बने। अहिले उनी सबै किसिमका कोरियन खाना खान्छन् र बनाउन पनि जान्दछन्। भन्छन्, “कोरियामा धेरै खानेकुराहरू छन्, गन्नै नसकिने खानाहरू हुन्छन् भन्दा फरक पर्दैन।”

पहिलै देखि खाना सम्बन्धी कुराहरू सिक्न धेरै रुचाउँथे। त्यसैले पढाइ पनि त्यतै ढल्कियो। फुड एण्ड वेभरेज सम्बन्धी पढ्न सिंगापुर गएका थिए। पढाइ सकेर नेपाल फर्किए। अझै पढ्न मन भयो। बेलायत गएर पढाइ अगाडी बढाउने सोच बनाए। तर भिसा रिजेक्ट भइदियो। आफूलाई रुची जागेको ठाउँमा गएर पढ्न नपाउँदा मनै तीतो भयो। धेरै पिरोलिए। अब अगाडी के गर्ने कसो गर्ने केहि सोच्न नसक्ने भए। नैराश्यताले नराम्रोसँग छोप्यो।

उनका दाइ त्यतिबेला कोरियन रेस्टुरेन्टमा काम गर्थे। भिसा नलागेको दुख पोख्न उनी दाइकोमा पुगे। दाइले रेस्टुरेन्टमा काम मिलाइदिए। एक वर्ष त्यहीँ काम गरे। रेस्टुरेन्ट एक जना कोरियनको थियो। उनले गरेको मेहेनतबाट खुसी भएर कोरियनले उनलाई सल्लाह दिए। कोरिया गएर भाषा सिक्नु र व्यवसाय गर्नु भनी सुझाए। सल्लाह बमोजिम ज्ञानेन्द्रले स्टुडेन्ट भिसामा कोरिया अप्लाइ गरे र छिटै उडि पनि हाले।

साढे २ वर्षपछि नेपाल फर्किएर उनले आफ्नो सीपको सदुपयोग गर्दै व्यवसाय सुरु गरेका छन्। ठमेलको संचयकोष अगाडी वारि र पारि दुई ठाउँमा पिकनिक कोरियन रेस्टुरेन्ट छ। एउटा सानो र अर्को ठूलो। पहिला सानोबाट सुरु गरेका थिए। केहि समयपछि अर्को थपे। अहिले दुवै तीर चलाउँदै छन्।

उनको पूरा कथा थाहा पाउन र कोरियन रेस्टुरेन्ट बारे थप जानकारी लिनका लागि तलको युट्युब भिडियोको लिंकमा जानुहोस्:

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय