गैडाकोट नगरपालिका १६ नम्बर वडाका वडाध्यक्ष द्वारा स्कुललाई कुर्सि वितरण :

गैडाकोट नगरपालीका वडा नं १४ गाहाटाढीमा रहेको श्री विजय आधारभुत विद्यालयलाई वडाध्यक्षले कुर्सी वितरण गर्नुभयो छ । गैडाकोट नगरपालीका वडा नं १६ का वडाध्यक्ष गोवर्धन ज्ञावालीले सोहि विद्यालयलाई २२ वटा कुर्सी वितरण गर्नुभयको हो ।

विभिन्न मिडियाहरु सँग बोल्दै ज्ञावलीले परिश्रमको भत्ताबाट स्व:सुपुत्री बिस्मिता ज्ञावालीको पुण्य स्मृतिमा कम्यूटर कक्षाको लागी कुर्सी वितरण गरेको बताउनुभयो । सामाजिक कार्य र आफ्नो जिम्मेवारिका बिकास योजनामा कहि कतै नझुक्ने बताउदै

उहांले यसभन्दा पहिले पनी विद्यालय, आमा समुह लगाएत धेरैलाई परिश्रमको भत्ताबाट सामाजीक काममा लगानी गर्ने समेत नगरपालिको पहिलो बोर्ड बैठकमा समेत कुरा उठाएको बताउदै अहिले सोहि क्षेत्रमा सहयोग गरेको बताउनुभयो ।

वडाध्यक्ष ज्ञावालीले अमर ज्योती मा.वि लाई कम्यूटर सहित कुर्सी, दुर्गा मन्दिरलाई पंखा, बाल उदय मा.विमा १ लाख बराबरको आमा र बुबाको नाममा अफिस कोठा, वडामा भयका १० वटा आमा समुहहरुलाई १०-१० हजार र अरोमा कलेजमा पढ्ने

गरीब दुखी विद्यार्थीहरुलाई समेत पढ्नको लागी ५ लाखको अक्षय कोषको सहयोग लगाएत जस्ता धेरै ठाउमा सेवा गर्दै आउनुभएको छ । कार्यक्रममा समाजसेवी, बुद्दीजिवी, शिक्षक, शिक्षिका, विद्यार्थीहरुको सहभागीता समेत रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय