
ज्ञानु पंगेनी, कावासोती २२ गते । नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका – १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् । बुधबार दिउँसो दुई बजेतिरको समयमा आफ्नै घर नजिकै रहेको चउरमा गएर बस्दै गरेका महतोलाई अचानक गैंडाले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो । घाईते महतोको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच नवलपुरको बिनयी त्रिवेणी गाँउपालिका–६ मा रहेको एक मन्दिरमा मंगलबार राति चोरी भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिष केन्द्र मन्दिर सतलमा राखिएको कृष्ण भगवानको मुर्ती थान –१,
पारदर्शी शिवलिगं थान –१ ,चरेसको थाल थान–१ , तामाको कलश थान–४ ,चरेशको घण्टी थान –१ ,जलधारी तामाको थान –१, चाँदीको दियो थान –१,काँचको कचौरा थान –१ ,सालीग्राम थान –४० र २ थान काठको दानको पेटी चोरी भएको प्रहरीले जनाएको छ ।
सबै सामाग्री गरेर .९४ हजार पाँच सय बराबरको चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद २ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुषन्धान गरिरहेको जानकारी दिएको छ । नवलपुर प्रेस
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL