पल शाह फसाउन भूमिका खेलेको आरोप पछी ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा दुर्गेशलाई नबोलाउने निर्णय

काठमाडौँ। आफूलाई ‘पर्फमर’ भनेर परिचय दिने दुर्गेश थापालाई ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा पर्फम गर्न नदिइने भएको छ। अभिनेता पल शाहविरुद्ध करणीको केश लगाउने भूमिका खेलेको आरोप खेपेका दुर्गेशलाई

आयोजकले कलाकारको सूचीबाट हटाएसँगै पर्फम गर्न नदिने भएको हो। आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीमा दुर्गेशको नाम थियो।

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको महोत्सवमा उनले पनि प्रस्तुति दिने कार्यक्रम तय भए पनि अन्तिम समयमा उनको नाम सूचीबाट हटेको हो।

करणी प्रकरणमा विवादित भएपछि दुर्गेशको कारण महोत्सव र उनी दुबैलाई राम्रो नहुने देखेर कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताए।

सुरक्षा दिन नसक्ने अवस्था आउनसक्ने भन्दै आयोजकले दुर्गेशको नाम हटाएको हो। पल शाहविरुद्ध एक गायीकाले करणीको उजुरी दिएपछि बिहीबार शाहले सामाजिक संजालमा

केही अडियो क्ल्पिसहरु सार्वजनिक गर्दै आफूलाई फसाइएको बताएका छन्। सो क्ल्प्सिमा दुर्गेश लगायतका व्यक्तिहरुको आवाज सुन्न सकिन्छ। नेपाली पत्रमा खबर छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय