बागमती प्रदेश प्रमुख शर्माको शुभकामना सन्देश

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई आत्मसात् गरी समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।आज १५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीयता धर्म निरपेक्षता, समानुपातिक एवं समावेशीतासहितको समृद्ध राष्ट्र निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

शुभकामना सन्देशमा प्रमुख शर्माले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात अमर सहिदप्रति श्रद्धासुमन अपर्ण गर्दै बेपत्ता, घाइते तथा अपाङ्गता भएका योद्दामा उच्च सम्मानसमेत प्रकट गर्नुभयो ।

सन्देशमा उहाँले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि गणतन्त्र स्थापनाले जीवनका आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणमा मार्ग प्रशस्त गर्न सकोस् भन्ने कामना पनि गर्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *