ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *