निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् ।

म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो । म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँका अनुसार शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि तथा १०५ जनालाई चस्मा वितरण गरिएको थियो । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो ।

शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताउनुभयो । म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरबाट वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *