वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट पक्राउ

दर्शकबिन जनप्रतिनिधी भनेको जनताको काम गर्ने मुख्य प्रतिनिधी हो । जनताको कामलाई आफ्नो कर्तब्य मानेर खट्नुपर्ने ब्याक्ति पैसा चोरेको आरोपमा पुलिसले समात्छ भने के ठान्ने ? ति जनप्रतिनिधी को इज्जत त जान्छनै त्यतिमात्र नभएर त्यस वडाको इज्जत पनि जान्छ । दर्शकबिन उपभोक्त समितिबाट रकम लुटेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वडाध्यक्ष विष्टलाई आज आइतबार पक्राउ गरिएको हो। उनलाई रकम लुट्न सहयोग गरेको आरोपमा वीरेन्द्रनगर–३ कै दुई जना बलिराज शाही र सुशील गुरुङ पनि पक्राउ परेका छन्।

शाही र गुरूङलाई शनिबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए। उनीहरूविरूद्ध शुक्रबार जाहेरी परेको थियो।

स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले अध्यक्ष विष्ट र अरू दुई जनाविरूद्ध ‘पैसा चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
शनिबार दुई जनालाई समातिएको हो, आज अदालतबाट पक्राउ पुर्जी जारी गरेर वडाध्यक्षलाई पनि नियन्त्रणमा लिएका छौं,’ डिएसपी शाहीले भने।

तीनै जनालाई आइतबार सुर्खेत जिल्ला अदालतले चार दिनको म्याद थप गरेको अदालतका सूचना अधिकारी शाखा अधिकृत उज्वल रावलले जानकारी दिए।
उनले साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको छ। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट गत बिहीबार रकम लुटेर लिएको आरोप उनीमाथि छ।

वडाध्यक्ष विष्ट केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेको भनेर चर्चामा आएका थिए।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *