महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

कावासोती । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगवती चौधरी नवलपुर आउनुहुने भएको छ ।

रिटर्नी माईग्रेट नेपालले नवलपुरको ४ नगरपालिकामा सन्चालन गरेको एक महिने ब्युटिसिययन तालिमको समापनका लागी जेठ २९ गते मन्त्री चौधरी नवलपुरको कावासोती आउनुहुने भएको हो ।

कार्यक्रम कावासोतीको खानेपानी हलमा हुने रिटर्नी माईग्रेट नेपालका जिल्ला अध्यक्ष रेशम खत्रीले जानकारी दिनुभयो । वैदेशिक रोजगारमा रहेका परिवारको महिला दिदिबहिनीहरुको सिप विकासको लागी नवलपुरको मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकामा सम्बन्धित नगरपालिकाको सहकार्य र युवा परिषदको समन्वयमा एक महिने आधारभुत ब्युटिसियन तालिम सन्चालन भईरहेको छ ।

करिव सय जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको तालिमको समापनको लागि मन्त्री चौधरी आउन लाग्नुभएको रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र नारायण थनेतले जानकारी दिनुभयो ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *