मंगलबार महिला तथा वालवालिका मन्त्री भगवती चौधरी कावासोती आउँदै ।

महिला तथा वालवालिका मन्त्री भगवती चौधरी मंगलवार कावासोती आउनुहुने भएको छ ।

रिटर्नी माईग्रेट नपालको आयोजनामा नवलपुरको ४ नगरपालिकामा सन्चालन भईरहेको एक महिने ब्युटिसियन तालिमको समापनको लागी मन्त्री चौधरी कावासोती आउने कार्यक्रम रहेको जनाईएको छ ।

रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र नारायण थनेतका अनुसार मन्त्री चौधरी समापन कार्यक्रममा सरिक भईसकेपछि करिब आधीदर्जन अन्य कार्यक्रममा पनि सहभागी रहने कार्यक्रम रहेको बताउनु भयो ।

कावासोतीको खानेपानीहलमा ब्युटिसियन तालिमको समापन पश्चात प्रवासी महिला सन्जाल नवलपुर जिल्लाको घोषणा कार्यक्रम रहेको थनेतले जानकारी दिनुभयो । देवचुलीमा बन्दै गरेको किशोरी लर्निङ सेन्टरको अवलोकन साथै रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले बनाईरहेको चिस्यान केन्द्र लगायतको अवलोकन पनि गरिने कार्याक्रम रहेको आयोजकले जनाएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *