जिल्ला समन्वय समितिंद्वारा नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत

नवलपुर । जिल्ला समन्वय समिति नवलपुरले आज नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई स्वागत गरेको छ ।

जिल्ला समन्वय समिति नवलपुरको कार्यालयमा भएको स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, उपप्रमुख सकुन्तला शर्मा लगायतले खादा ओडाएर स्वागत तथा सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले नयाँ प्रमुख जिल्ला अधिकारीबाट नवलपुर जिल्लामा शान्ति, सुव्यवस्था राख्न महत्वपूर्ण भूमिका खेल्नेमा आशा व्यक्त गरेका थिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले आफू सधैं सुशासनको पक्षमा रहेकोले जिल्लामा सुशासन कायम गर्ने हरदम लागि पर्ने बताए ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *