नवलपुरमा असार ७ र ८ गते प्रदेश स्तरिय फुटसल प्रतियोगिता हुने

नवलपुर । नवलपुरको कावासोतीमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद र स्वतन्त्र विद्यार्थी युनियन कुमारवर्ती बहुमुखी क्याम्पसको आयोजना र कावासोती नगर युवा सञ्जालको सहकार्यमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका कम्तिमा ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

कुमारवर्ती बहुमुखी क्याम्पसमा आज विहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख नगद र द्वितीय हुनेले ५० हजार नगद पुरस्कार, मेडल र ट्रफी पाउने छन् । जिल्ला स्तरीय टिमको सहभागिता हुने उक्त प्रतियोगिता असार ८ गते कावासोती ८ थकाली चोकको फुटसल मैदानमा हुने छ । १०÷१० मिनेट गरी २० मिनेटमा खेलाइने प्रतियोगिता नकआउट चरणमा खेलाइने छ ।

पत्रकार सम्मेलन गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले यस अघि विद्यालय तहका लक्षित गरी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गराइने गरिएकोमा अब क्याम्पसका विद्यार्थीहरुलाई पनि समेट्ने गरी छुट्नै खेल खेलाउन खेलकुद परिषदले योजना बनाएको जानकारी दिए ।

७ र ८ गते २ दिने खेलाइने प्रतियोगिता पर्यापयर्टन सँग जोडिएर खेलाइने भएको आयोजकले जनाएको छ । खेलकुदलाई पर्यापर्यटनसँग जोड्नका लागि खेलाइने प्रतियोगितामा सहभागी खेलाडीहरुलाई ८ गते विहान अमलटारी मध्यवर्ती सामुदायिक वन भित्र जंगल सफारी गराइने समेत आयोजकले जनाएको छ । प्रतियोगिताको लागि खेलाडीहरु ७ गतेनै आउने छन् भने प्रतियोगिता अवधिभर खेलाडीहरुको लागि खान, बस्न र यातायातको व्यवस्था आयोजकले गर्ने जनाइएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *