कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

नवलपुर,फागुन २ । हृदयघातका कारण ज्यान गुमाउनु भएको नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का वडाध्यक्ष तबारक मियाको परिवारलाई आज कावासोती नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

कावासोती नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले उठाएर ५ लाख रुपैयाँ सहयोग गरेको कावासोती ३ का वडाध्यक्ष एवम् कावासोती नगरपालिकाका नगर प्रवक्ता डोरमान गिरीले बताउनुभयो ।
कर्मचारीहरुबाट १ लाख ६ हजार रुपैयाँ र जनप्रतिनिधिहरुबाट ४ लाख १० हजार रुपैयाँ गरी ५ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसाल, उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल ,वडाअध्यक्षहरु, कर्मचारीहरु सहितको टोलीले मृतक वडाध्यक्ष मियाको श्रीमती जन्नत मिया र उनका परिवारलाई हस्तान्तरण गरेको हो ।

मियाको गत माघ १९ गते राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशन चलेको समयमा हृदयाघातका कारण निधन भएको थियो । ३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *