८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

कावासोती । कावासोती-१६ डण्डामा गत माघ २५ गते देखि सन्चालन भईरहेको ८ औं नवलपुर महोत्सव फागुन १७ गते सम्म सन्चालन हुने भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलका अनुसार यस अघि फागुन १० सम्म सन्चालन हुने भनिएको महोत्सवको सन्चालनको समय बढाएर फागुन १७ सम्म पुर्‍याईएको हो ।
महोत्सवमा अहिले सम्म करिब ५० हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । महोत्सवमा राखिएको फिस टनेलमा दर्शकहरुको उपस्थित बाक्लो देखिएकाले महोत्सवको समय थपिएको अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताए ।

महोत्सवमा हरेक दिन हुने राष्ट्रिय कलाकार द्वारा सांगीतिक प्रस्तुतिमा समेत दर्शकको उल्लेखनिय उपस्थिती रहने गरेको उनले बताए । महोत्सवमा अहिलेसम्म बद्री पंगेनी, रचना रिमाल, एलिना चौहान, पशुपति शर्मा, रमेशराज भट्टराई, अर्जुन सापकोटा लगाएतकाले सांगीतिक प्रस्तुति दिईसकेका छ्न । शनिबार दुर्गेश थापाको प्रस्तुति रहेको थियो।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *