सेन्ट्रल कलेज कविता कन्सर्ट सम्पन्न, गजल र कवितामार्फत अनाथ बालबालिकालाई सहयोग

चितवन, असार ८ – चितवन र नवलपुरका अनाथ बालबालिकाको सहयोगार्थ आयोजित “सेंट्रल कलेज कविता कन्सर्ट” शनिबार साँझ चितवनको भरतपुरमा भव्य रूपमा सम्पन्न भएको छ। डि. टि. एम. मिडिया हाउसको प्रस्तुति रहेको उक्त कार्यक्रम साँझ ५ बजेबाट सुरु भएको थियो।

कार्यक्रममा प्रदिप रोदन र नवराज पराजुली लगायत झन्डै एक दर्जन साहित्यकारहरूले कविता, गजल र मुक्तक वाचन गरेका थिए। ३५० जना भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो।

पछिल्लो समयका प्रखर गजलकारका रूपमा उदाएका प्रदिप रोदनको गजल प्रस्तुतिमा दर्शकहरू भावुक बनेका थिए। त्यस्तै, कवि बसन्त पराजुलीले आफ्नै विशिष्ट शैलीमा कविता प्रस्तुत गरेका थिए। उनको कविता वाचनको भावनात्मक शैलीले कार्यक्रमस्थल स्तब्ध बनाएको थियो, उनका केही मार्मिक कविताहरूले दर्शकहरूको आँखा रसाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि बिरेन्द्र क्याम्पसका पूर्व प्रमुख एल. बी. क्षेत्री रहेका थिए। साथै चितवन र नवलपुर क्षेत्रका थुप्रै स्थानीय साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको टाइटल स्पोन्सर सेन्ट्रल कलेज अफ भोक्सनल ट्रेनिङ रहेको थियो। त्यसैगरी फूड पार्टनर भन्साघर रेष्टुरेन्ट, ट्राभल पार्टनर सेभेन स्टार ट्राभल, कन्स्ट्रक्सन पार्टनर एसिइ ओएनई बिल्डर्स तथा पावर्ड बाइ क्लियर भिजन अप्टिकल हाउस रहेका थिए।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *