रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त

नवलपुर — कावासोतीस्थित रामदुत ड्राइभिङ सेन्टरले “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित जिल्ला स्तरीय भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। युवाहरूमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक सन्देश प्रवाह गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने सेन्टरले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले ३० देखि ६० सेकेन्ड भित्रको रचनात्मक, सन्देशमूलक र प्रेरणादायी भिडियो तयार गर्नुपर्नेछ। भिडियोमा कम्तीमा दुई पटक “रामदुत ड्राइभिङ सेन्टर कावासोती” भन्ने शब्द स्पष्ट रूपमा उच्चारण गरिएको हुनु अनिवार्य छ। साथै, भिडियोमा सेन्टरको ब्यानर, बोर्ड वा अफिस स्पष्ट रूपमा देखिनुपर्नेछ। यदि देखाउन सम्भव नभएमा अन्त्यमा उच्चारण गरेर वा टाइपमार्फत देखाउनु पर्ने नियम तय गरिएको छ।

प्रतियोगिता असार २९ गतेदेखि सुरु भई साउन १० गतेसम्म चल्नेछ। सहभागिताका लागि तयार गरिएको भिडियो WhatsApp वा Viber नम्बर 9801340382 मा पठाउन सकिनेछ। इच्छुक व्यक्तिहरूले रामदुत ड्राइभिङ सेन्टरको ब्यानर अगाडि वा तालिमस्थलमै आएर पनि भिडियो खिच्न सक्ने व्यवस्था गरिएको छ।

साउन ३० गते, सेन्टरको Official Facebook Page मार्फत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ। Like, Comment र Share को आधारमा उत्कृष्ट तीन भिडियो चयन गरिनेछ।

विजेताहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गरिनेछन्। प्रथम पुरस्कार प्राप्त गर्नेले १ महिनाको निःशुल्क ड्राइभिङ तालिम साथै रु ५००० नगद, द्वितीय पुरस्कारमा १५ दिनको ड्राइभिङ तालिम र रु ३००० नगद, भने तृतीय पुरस्कारमा ७ दिनको तालिम र रु २००० नगद राखिएको छ।

रामदुत ड्राइभिङ सेन्टरले युवाहरूको प्रतिभा उजागर गर्न, सकारात्मक सोच र आत्मनिर्भरता प्रवर्द्धन गर्न तथा ड्राइभिङ सिकाइप्रति जनचासो बढाउन यो प्रतियोगिता आयोजना गरेको हो। केन्द्रले सहभागी हुन सबै युवाहरूलाई आह्वान समेत गरेको छ।

स्थान: रामदुत ड्राइभिङ सेन्टर, भानुचोक, कावासोती
सम्पर्क: 9801340382

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *