बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुर । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न ।

नवलपुरको कावासोती११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती(१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट प्लास्टिकको झोलामा पोको पारेको अवस्थामा बंदेलको मासु समेत बरामद भएको उनले बताए । विषेश सूचनाको आधारमा पक्राउ परेकाहरु कावासोती ११ र १२ का रहेका र उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको निकुञ्जले जनाएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *