एमालेमा अर्को बिद्रोहको संकेत: केन्द्रिय समितिको बैठक बहिस्कार गर्दै निस्किए भिम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्।उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए।रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा पनि केही बेर बसेर उनी बाहिरिएका हुन्।भीम रावलसहित सुदूरपश्चिमका तीन नेताको गुनासो : ओलीले अल्मल्याउने, घुमाउने अनि ठोकठाक गर्ने नीति लिएअसार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतवार बसेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका हुन्।

रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन्।तर अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन्।यस्तोमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्वीकार्न नसकिने चेतावनी दिएका थिए।ओलीले १० बुँदेका नाममा आफूहरुलाई अल्मल्याउने, झुक्याउने र भित्र हालेपछि ठोकठाक गर्ने नीति लिएको भन्दै उनीहरुले बैठकमै आक्रोश पोखेका थिए।

एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् । पौडेल विधान संशोधन कार्यदलका संयोजक हुन् ।शनिबार समूहगत छलफल सकिएपछि आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यसक्रममा विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा धेरैजसो नेताहरुले केन्द्रीय पदाधिकारीहरूमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद हटाउनुपर्ने सुझाव दिएका थिए । तर, जवाफ दिने क्रममा उपमहासचिव समेत रहेका पौडेलले भने ‘७० वर्षे उमेर हद कायमै राखिने भएको छ’, जवाफ दिएका थिए ।

‘यसबारे विधान महाधिवेशनले निर्णय गरे बेग्लै कुरा हो तर अहिले यसलाई कायमै राखिनेछ’, पौडेलको भनाइ छ । त्यस्तै उनले केन्द्रीय उपाध्यक्षमा तीन जना रहने भन्ने प्रस्तावका बारेमा अध्यक्षले जवाफ दिने बताए । प्रस्तावित विधानमा तीनजना उपाध्यक्ष रहने व्यवस्था रहेको थियो । तर सुझावका क्रममा नेताहरुले ५ देखि सातजना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । हाल एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्था छ ।

 

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *