📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन ।

🕒 August 3, 2025 ✍ न्युज नेपाल संबाददाता

चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति प्रमाणपत्र पेश गर्न सूचना जारी गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार, यस्ता परामर्श तथा भाषा तालिम केन्द्रहरूले शिक्षा, सामाजिक विकास मन्त्रालय वा सम्बन्धित नियामक निकायबाट प्राप्त अनुमति तथा दर्ता प्रमाणपत्रसहितका कागजातहरू पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ, अनुमति प्राप्त नगरी सञ्चालनमा रहेका संस्थाहरूले तीन दिनभित्र आवश्यक कागजातसहित स्पष्ट विवरण पेश नगरेमा ती संस्था बन्द गरिने जनाइएको छ । साथै, विदेशी शैक्षिक परामर्शदाता संस्था वा ट्रेडमार्कको लोगो प्रयोग गर्नेमध्ये सम्झौता र प्रमाणपत्र देखाउनु पर्ने उल्लेख गरिएको छ।

अनुमतिविना भाषा परीक्षा सञ्चालन गर्ने संस्थाहरूलाई समेत कडाइका साथ निगरानी गरिने जनाइएको छ।