एमसीसीबारे फेरियो परराष्ट्रमन्त्रीको बोली

राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नेपालको हितमा रहेको भए पनि यसमा राष्ट्रिय सहमति गरेरर मात्रै कार्यावन्यनमा जाने बताएका छन् । उनले मिलेनियमा च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै रहेको र राजनीतिक दलहरूबीच सहमति गरेर मात्र यसलाई अघि बढाइने प्रष्ट पारेका छन् ।

आफूले बोलेको विषयलाई जथभावी संप्रेशण गरेको भन्दै उनले भने, ‘एमसीसीको विषयमा निकै बहस हुने जहाँ पनि । यो बिषयमा राष्ट्रिय सहमती भए लिने तर देशको हितमा छैन भने लिनै पर्ने बाध्यता हामीलाई छैन ।’ अन्तराष्ट्रिय मापदण्डको आधारमा आएको अनुदान किन नलिने भन्ने हाम्रो कुरा हो भन्दै उनले न्यूयोर्कमा आयोजित विभिन्न दलका प्रतिनिधि राजदूतावासका कर्मचारीको उपस्तिथिमा आयोजित कार्यक्रममा भनेका थिए, ‘एमसीसी नेपालले माग गरेको कार्यक्रम हो, एमसीसी मागमा सबै दलबाट प्रधानमन्त्रीहरू कुनै न कुनै रूपमा संलग्न हुनुहुन्थ्यो अहिले हामीले सोधेको प्रश्नको जवाफ पनि एमसीसीले दिएको छ । यसमा बुँदाहरू यतिवेला आएर संसोधन गर्न नमान्ला यसमा राष्ट्रिय सहमती हुन्छ भने लियांै । हाम्रो हितमा छैन भने लिनै पर्छ भन्ने छैन ।’

उनले सोमबार सामाजिक सञ्जालमा आफूमाथि कैयन मानिसहरू खनिएको भन्दै आफ्नो धारणालाई पुनः स्पष्ट पारेका हुन् । विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरूमा दलीय पूर्वाग्रह राख्दै गरिएको प्रचारले जनतामा नराम्रो भ्रम परेको भन्दै आफूले सामाजिक सञ्जालमा नै लेखेको पनि जानकरी दिए ।आइतबार अमेरिकाको न्यूयोकर्म आयोजित कार्यक्रममा मन्त्री डा. खड्काले भनेका थिए । उनले स्पष्ट पार्दै भने सामाजिक संजाल र समाचारमा आए जस्तो हल्लाको पछाडि लाग्न नहुने भन्दै उनले भने, ‘एमसीसीले सबै कुरा स्पष्ट पारिसकेको छ । यसमा सत्ता रहँदा एउटा र बाहिर आएपछि अर्को कुरा गर्नेहरुसँग कसको के लाग्छ र ?’

सबै राजनीतिक दलको सहमती भयो र संसद्बाट पारित भएमा यो लिने हो नत्र भने अपजस एउटा दलले मात्र किन बोक्ने भन्ने उनको धारणा छ । तर अनुदानमा आएको रकम नेपालको हितमा नै रहेको तर यहाँ पपुलिस्ट बन्ने नाममा विभिन्न आशंका छरेपछि त्यसमा सहमती गरेर मात्र ल्याउने उनले प्रष्ट पारे ।उनी राष्ट्र संघीय महासभामा सहभागी हुन अमेरिका पुगेका हुन् । मन्त्री भएकै दिन अमेरिका प्रश्थान गरेका उनले त्यहाँ दुईपक्षीय भेटवार्ताहरूलाई पनि तिव्रता दिएका छन् । राष्ट्रसंघ उच्चाधिकारीदेखि छिमेकी र अन्य मित्र मुलुकका समकक्षीसँग भेटवार्ता गरिरहेका छन् । एमसीसीका कतिपय बुँदाहरू हामीले संसोधनको प्रस्ताव गर्दा उसले अन्य मुलुक र अन्तराष्ट्रि मापदण्डमा असर गर्ने विषय पन िबताएका हुनाले त्यही अधारमा विरोधी खेमाले आफूलाई बदनामा गराउन यसरी प्रचार गरिएको बताए ।

‘राष्ट्रिय सहमति अपरिहार्य हो । तर एमसीसी बारे भइरहेका अनर्गल प्रचार गलत हो भन्दै खड्काले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो भूमिकाप्रति कटाक्ष गरेका छन्, ‘ओली सरकारमा हुँदा धेरै पटक एमसीसी मुलुकको लागि अपरिहार्य छ भन्थे अहिले के भनिरहेका छन् यहीबाट थाहा हुन्छ हाम्राको सोच ।’एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा उनले स्पष्ट भनेका छन्, ‘विवाद भइसकको विषय सहमतिमा मात्रै नेपाल आउने हो । अन्यथा नेपालले लिनै पर्छ भन्ने छैन ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *