सुनको मूल्य प्रतितोला रु ९०० ले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०२ डलर आसपास कारोबार भइरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *