📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘खुसीको खुराक’ सार्वजनिक

🕒 May 1, 2022

गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ । ‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन पर्यो, आँधीबेहरीले उडायो, केश को¥याजस्ता विभिन्न छवटा गीतहरू समावेश गरिएको छ । यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर छ । गीतलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गर्नुभएको हो । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो । गीति लेखनमा चार दशक पार गरिसक्नुभएका गीतकार वीरेन्द्र पाठकले आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसक्नुभएको उहाँको एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । सङ्गीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११औँ एकल एल्बम हो । उहाँका सयौँ गीत बजारमा चर्चामा छन् । साङ्गीतिक यात्रामा तीन दशक पार गरिसक्नुभएका सङ्गीतकार मास्केको ‘मैले खोजेको साइली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो ।