📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति

🕒 June 10, 2026 ✍ न्युज नेपाल संबाददाता

नवलपुर, जेठ २७ गते । नवलपुरमा मंगलबार साँझ आएको वर्षासहितको हावा हुरीले १५ घर गोठमा क्षति पुर्याएको छ । बिनयी त्रिवेणी गाउँपालिका–१ सिसेनीका १७ वटा घर र २ वटा गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासहित आएको हावा हुरीले सिसेनीका भोज बहादुर खनगाहा, मोतिराम खाति, धनिसरा सोमै मगर, मन बहादुर राना, पार्वती बिक, रुपा बिक, केम बहादुर बिक, शेर बहादुर दराई, कमला कुमाल, शेर बहादुर कुमाल, दिपेन्द्र ढेंगा र कान्छा कुमालको घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

त्यस्तै सोही ठाउँका गुन बहादुर दराई, बीर बहादुर दराई, क्षेत्र बहादुर दराई, नर बहादुर बिक, ओम बहादुर कुमाल, सलिना कुमाल र लाल बहादुर परियारको घरमा पनि क्षति पु¥याएको खड्काले जानकारी दिए । हावा हुरीबाट मानवीय तथा पशु चौपायमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।