अर्थतन्त्र संकटमा जाने संकेतले लगातार घटिरहेको सेयर बजार पनि सुस्ताएको अवस्था

अर्थतन्त्र संकटमा जाने संकेतले लगातार घटिरहेको सेयर बजार पनि सुस्ताएको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो।त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ। विश्लेषकहरूले सेयर बजारलाई अर्थतन्त्रमा हुने तलमाथि पनि प्रभाव हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका छन्।

सेयर बजार घटेर २३ सयको बिन्दु छोएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिएको छ। सोसँगै सेयर बजार पनि बढ्ने अनुमान गरिएको थियो।बैशाख ६ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि मुद्दाको किनारा नलागेसम्म गभर्नर अधिकारीले निर्वाध काम गर्ने पाउने छन्। योसँगै सेयर बजारमा अब के होला भन्ने चासो बढेको हो।आइतबार बन्द रहेको सेयर बजार सोमबार ४८.७३ अंकले घटेको छ। ३१९९ को उच्च अंकबाट सेयर मूल्य अहिले ८९२ अंकले घटेर २३०७.४४ बिन्दुमा आइपुगेको छ। सोमबार १ अर्ब ४२ करोड रुपैयाँको मात्र कारोबार भएको छ। चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन। गत बुधबार ५.१७ अंकले बढेको सेयर बजारमा सातामा कारोबारको अन्तिम दिन बिहीबार गिरावट देखिएको थियो। बिहीबार १९.९७ अंकले घटेर बजार २३५६.२० बिन्दुमा झरेको थियो।चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *