📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

दुर्गमको स्वास्थ्य चौकीलाई रु चौध लाख ८४ हजार ४०० मूल्य बराबरको औषधि र उपकरण सहयोग

🕒 May 4, 2022

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीलाई रु चौध लाखभन्दा बढी मूल्य बराबरको औषधि र उपकरण प्राप्त भएको छ । दक्षिण कोरियाको द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई रु चौध लाख ८४ हजार ४०० मूल्य बराबरको औषधि र उपकरण सहयोग गरेका हुन् । एक थान अक्सिजन कन्सनट्रेटर, इएनटी मेडिसिन, फोरकेप सेट र औषधि उपलब्ध गराइएको हो । संस्थाका प्रतिनिधि लिमजङ हि र छोमजङ हिले वडाध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधि हस्तान्तरण गर्नुभएको थियो । यसैगरी संस्थाले मङ्गलबार वडा कार्यालयसँग समन्वय गरेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २०० जना लाभान्वित भएका छन् । चिकित्सक लोकेन्द्र छन्त्याल, गुर्जा स्वास्थ्यचौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मालगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिनुभएको थियो । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकमा स्वासप्रश्वास र निमोनियासम्बन्धी समस्या धेरै देखिएकाले सोबाट बच्ने उपाय र उपाचारका विषयमा जानकारी गराएको चिकित्सक छन्त्यालले बताउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका बासिन्दालाई गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । सडक यातायातको सुविधा नपुगेको गुर्जा पुग्न छिमेकी वडा लुलाङबाटै पूरै एक दिन हिँड्नुपर्छ ।