तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । पुल निर्माण भएको तीन महिनापछि व्यास गाउँपालिका–४ स्थित मलघट्ट झोलुङ्गे पुल, मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । वडा नं ६ को बडुगाउँ पुल पनि निर्माण भैसकेको छ । पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । “पुल निर्माण सकिएकाबारे हामीलाई पत्र आइपुगेको छ”, उहाँले भन्नुभयो, “निर्वाचनलगत्तै पुल नियमित सञ्चालनका लागि गृहकार्य अघि बढाउँछौँ ।”झोलुङ्गे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा शनिबार खलङ्गामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको समन्वय बैठकमा छलफल भएको थियो । बैठकपछि पत्रकारसँग प्रजिअ उपाध्यायले पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको र आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमति गराउन अघि बढेका छाँ भन्नुभयो । झोलुङ्गे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ । व्याँस गाउँपालिका–२ का नरेन्द्रसिंह धामीले लामो समयदेखि पुल नियमित नहुँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बताउनुभयो । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुङ्गे पुल निर्माण गरेको थियो । मल्घट्टे तथा मालमा रु २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडूगाउँमा रु २ करोड ५५ लाख ६४ हजारको लागतमा उक्त पुल निर्माण भएको हो । निर्माण भएका पुल सञ्चालनका लागि भारतकातर्फबाट कुनै समस्या नभएको धारचुलाका एसडिएम नन्दन कुमारले बताउनुभयो । नेपालका तर्फबाट आधिकारिक पत्र आएलगत्तै हामी पुल नियमित सञ्चालनको लागि हामी तयार छौँ उहाँले भन्नुभयो । पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ । पुललाई चाडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवत जावतमा सहज हुने मालका बासिन्दा दानसिह कार्कीले बताउनुभयो । अहिले त खोला सानो छ, अब बर्खा लाग्दैछ । नदीको सतह पनि दिनदिनै बढ्दै गएको छ । यसका लागि निर्माण भएका झोलुङ्गे पुल सञ्चालन गर्नुपर्ने उनीहरुको माग थियो । केपीशर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएकामा व्याँस ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply