ऊर्जामन्त्रीसँग जापानका राजदूतको शिष्टाचार भेट, जापानको नेपाल नीति हस्तान्तरण
By May 9, 20222:52 pm
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानका राजदूत किकुता याताकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–जापान सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले जापान सरकारको समेत सहयोगमा निर्माण भएको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुलेखानी जस्तै अन्य जलाशययुक्त आयोजनामा जापानको सहयोग रहने विश्वास लिएको छु ।” ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको जापान सरकारले आगामी दिनमा ऊर्जा सुरक्षामा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । भौगोलिक विविधता र अव्यवस्थित मानव बसोबासका कारण देशका सबै नागरिकलाई स्वच्छ पानी पु¥याउन समस्या भएको बताउँदै मन्त्री भुसालले भूकम्प र जलवायु परिवर्तनको असरका कारण मानव बस्ती नजिकको पानीको मुहान सुक्दै गएको बताउनुभयो । हरेक नेपालीलाई स्वच्छ खानेपानी र गुणस्तरीय ऊर्जा पु¥याउन सरकार लागिपरेको उल्लेख गर्दै उहाँले त्यस्ता कार्यक्रम सफल तुल्याउन जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजदूत किकुताले परिमार्जित ‘जापानको नेपाल नीति’ हस्तान्तरण गर्नुभयो । सन् २०१५ मा भूकम्प गएपछि पुनः निर्माणमा केन्द्रित गरेको जापानको नीति आगामी दिनमा ऊर्जा विकासमा लक्षित रहने उहाँले जानकारी गराउनुभयो । राजदूत किकुताले कुलेखानी जलविद्युत् आयोजना निर्माणमा जापानले सहयोग गरेको र तनहुँ हाइड्रोमा पनि सहयोग गरिरहेको जानकारी गराउनुभयो । उहाँले गत अप्रिलमा जापानको कुमामोतो सहरमा सम्पन्न चौथो एसिया–प्रशान्त क्षेत्रीय पानी सम्मेलनलाई ‘भर्चुअयल’ विधिमार्फत सम्बोधन गर्नुभएकोमा मन्त्री भुसाललाई धन्यवाद व्यक्त गर्नुभयो ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply