नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ । नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले सो आग्रह गर्नुभएको हो । उहाँले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेको घटनादेखि सुदूरपश्चिमका नागरिकका हरेक समस्यामा एमाले साथमै रहेको बताउनुभयो । उहाँले देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाएका प्रसङ्ग उल्लेख गर्दै यो फुटबाट एमालेलाई कुनै असर नगर्ने दाबी पनि गर्नुभयो । पूर्वमन्त्री भट्टले एमाले सरकारमा रहँदा स्थानीय क्षेत्रमा धेरै विकास गरेको दाबी पनि गर्नुभयो । त्यसैले पनि नागरिकले एमालेलाई मत दिने तर्क उहाँले गर्नुभयो । उहाँले आफ्नो गाउँठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहनसक्ने उम्मेदवार छान्न आग्रह गर्दै भन्नुभयो, “स्थानीय तह भनेका तपाईँहरुका घरआँगनकै सरकार हुन्, त्यसैले आफ्ना हरेक पलमा काम लाग्ने र सहयोगी उम्मेदवार छान्नुहोला । ”
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply