मलामी जान अफ्ट्यारो भएपछि व्यक्तिगत प्रयासमा २ किमि बाटो बनाएका तामाङ्गले पाए वडा अध्यक्षको टिकट

आसन्न स्थानीय चुनावमा नमोबुद्ध नगरपालिकाको वडा नं ११ बाट सानु कान्छा तामाङ्गले नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा मनोनयन दर्ता गराएका छन्। २०७४ सालको प्रादेशिक चुनावपछि राजनीतिमा सक्रिय र समाजसेवामा चाँसो राख्ने तामाङ्गले यसपालिको चुनावमा नमोबुद्ध नगरपालिका वडा नं ११ को वडा अध्यक्षको पदभार सम्हालेर जनताको सेवा गर्ने सपना देखेका छन्।समाजसेवामा आहोरात्र खटिने तामाङ्गको व्यक्तिगत पहलमा नमोबुद्ध नगरपालिका वडा नं.११ को स्थानीय पहाडी इलाकामा २ कि.मी सडक निर्माण भएको छ। त्यस्तै उनकै पहलमा तल्लो भंञ्ज्याङ चौतारा देखि सानो डाँडासम्मको सडक निर्माण सम्पन्न गरिएको छ।

मर्दा मलामी जान असहज भएको कारणले सडक निर्माण गरिएको तामाङ्ग बताउछन्। समाजसेवाको क्षेत्रमा चिरपरिचित उनि गाउँमै बसी गाउँले दाजुभाईसँग मित्रवत् व्यवहार र समाजकल्याणमा लागि परेका छन् । आज सम्म कुनै पनि सामाजिक संस्थामा भने उनि आबद्ध छैनन्।सडक निर्माणको निम्ति गाउँका दाजुभाईसँग सय, दुईसय रकम संकलन गरि र बाँकी अपुग भएको आफ्नो व्यक्तिगत तर्फबाट रकम पुरा गरेको तामाङ्ग बताउछन्।आफू अहिले अपत्यारिला गफ नगर्ने तर चुनाव जितेपछि आफ्ना प्रतिबद्धता पुरा गर्ने तामाङ्गको चाहाना छ। चुनाव जितेको खण्डमा वडाको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेर असहाय र अपाङ्ग भएकाहरूलाई नि:शुल्क सेवा दिइने यस्तै बृद्ध अवास्थाका बाबुआमाहरुलाई सामाजिक सुरक्षा भत्ता बैङ्कसंग समन्वय गर्दै सजिलो ब्याङ्किङ ई-सेवा लगायत कुनै एक भरपर्दो माध्यमको उपयोग गरि घरघरमा सम्बन्धित ब्यक्तिको हातहातसम्म पुर्याउने व्यवस्था मिलाउने आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।नगर केन्द्र देखि वडा केन्द्र सम्मको बाटो पहिलो वर्ष भित्रै कालोपत्र गरिने, वडाका मुख्य बाटोहरु स्तरोन्नती गरि बाह्रै महिना चल्ने बनाइने, साथै नयाँ बाटोहरु पनि निर्माण गर्ने वहाको योजना छ।

नमोबुद्ध वडा ११ मा खानेपानी योजना यथासिघ्र अगाडि बढाई ५ वर्ष भित्रमा १ घर १ धारा निर्माण गरिने तामाङ्ग बताउछन्। उहाँको अनुसार खानेपानीको समस्या भएको ठाउँमा तत्काल पानीको व्यवस्था मिलाइनुका साथै अत्यन्तै समस्या भएको र स्रोत नजिक नभएको स्थानमा उचित स्थान हेरी डिपबोरिङ गरी खानेपानीको समस्या समाधान गरिनेछ।

त्यस्तै तामाङ्गले नमोबुद्ध, कुर गाउँ,भालूखर्क, चिन्डे हुँदै बल्थली जोड्ने पर्यटकीय रुट मार्ग बनाइने कुराको जानकारी गराउँदै यसै रुट मार्गमा विश्रामस्थल तथा चौतारी निर्माण गरिने योजना समेत बताउनुभयो। साथै कृषकहरुको तरकारी संकलन गरी बजार सम्म पुर्याउन ३ ठाउँमा तरकारी संकलन केन्द्र खोलिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *