बागलुङमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । यही वैशाख २५ गते सम्र्पकविहीन हुनुभएका किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेर हिँड्नेक्रममा लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply