रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिनुभयो । तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उहाँलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply