बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *